मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत : राहत, उद्धार र पुनर्स्थापन प्रभावकारी बनाइने
काठमाण्डाै – विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ स्वीकृत गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको गृह मन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ का साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्युराे गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८, गैर–सरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको हाे ।
गृह मन्त्री खगराज अधिकारीको अघ्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने ठाउँमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा गृह मन्त्री अधिकारीले अहिले बाढी/पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । बाढी र पहिराेका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, दाङलगायतका जिल्लामा क्षति भएका विवरणहरू आइरहेका छन् ।
सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ । बैठकमा सुरक्षा निकायले बाढी/पहिरो, डुबानको पछिल्लो अवस्थाकाबारेमा विपद् व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ गरेको थियो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले