अरनिको राजमार्ग र लिपिङ पुलमा भएको क्षतिबारे सभामुख सापकोटाको चासो
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – अविरल वर्षाले अरनिको राजमार्ग र सिन्धुपाल्चाेककाे लिपिङ पुलमा क्षति पुर्याएपछि सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
स्थलगत अवलोकनपछि महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक खोल्ने गरी काम हुने बताउनुभयो । भोटेकोशीको कटानले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकामा रहेको तातोपानीको लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनिकरण गर्न ध्यानाकर्षण गराएपछि आज स्थलगत अवलोकन गरिएको हो । सभामुख सापकोटाले जोखिममा परेकाहरुको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल खुलाउन आग्रह गर्नु भएको छ । उज्यालो
June 20, 2021 12:26 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...