अरनिको राजमार्ग र लिपिङ पुलमा भएको क्षतिबारे सभामुख सापकोटाको चासो
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – अविरल वर्षाले अरनिको राजमार्ग र सिन्धुपाल्चाेककाे लिपिङ पुलमा क्षति पुर्याएपछि सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
स्थलगत अवलोकनपछि महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक खोल्ने गरी काम हुने बताउनुभयो । भोटेकोशीको कटानले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकामा रहेको तातोपानीको लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनिकरण गर्न ध्यानाकर्षण गराएपछि आज स्थलगत अवलोकन गरिएको हो । सभामुख सापकोटाले जोखिममा परेकाहरुको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल खुलाउन आग्रह गर्नु भएको छ । उज्यालो
June 20, 2021 12:26 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...