लगानी बोर्डद्वारा ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत
काठमाण्डाै – लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औँ बैठकले ५४ करोड अमेरिकी डलर लागतमा बन्ने दुई सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् परियोजनाका लागि लागत स्वीकृत गरेको छ ।
यस्तै एक सय ३९ मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड ४० लाख गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएकाे हो । बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको देशकै सबैभन्दा ठूलो औद्योगिक पार्क चीन–नेपाल मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता पीडीएका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले सङ्खुवासभामा निर्माण हुने ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।
त्यसैगरी बैठकले सात सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले