रुकुम पश्चिममा फेला परेको सकेट बम निष्क्रिय गरियो
5 years अगाडी
manoj Thapa
रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मङ्गलवार बिहान फेला परेको सकेट बम निष्क्रिय (डिस्फोेज) गरिएको छ ।
स्थानीयवासी खेमबहादुर सुनारले खेतमा खन्ने क्रममा प्लास्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमान्डमा गएको ६ जनाको टोलीले बम निष्क्रिय गरेको हो ।
त्यो सकेट बम द्वन्द्वकालमै छोडिएको हुन सक्ने बताइएको छ । उज्यालो
June 29, 2021 9:20 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...