आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा प्रदान गर्ने
काठमाण्डौ – वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आउँदो आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ ।
गएको वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । तर सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।
तर अहिले पनि बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन विभागले अनुरोध गरेको छ ।
बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनै पर्ने काम बाहेक अन्य व्यक्तिहरूलाई विभागले सेवा प्रदान नगर्ने पनि जनाएको छ । कार्यालयमा उपस्थित भएर भिडभाड गर्न पाइने छैन । कार्यालय जाने सबैले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ । उज्यालो
June 30, 2021 7:52 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी