

यात्रुसँग तेब्बर बढीसम्म भाडा लिने आठ जना पक्राउ

काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरू समेत रहेका छन् । झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठगीमा परेको गुनासोपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले चर्को भाडामा यात्रु ओसारिरहेका छन् ।
निषेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठगिन सक्ने र समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रूपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने

