फिलिपिन्समा सैनिक विमान दुर्घटना : कम्तीमा ४५ जनाकाे ज्यान गयाे
काठमाण्डाै – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनाैँ व्यक्तिलाई उद्धार गरिएकाे पनि बीबीसीले जनाएकाे छ ।
सामान पनि बाेकेकाे सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।
विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ ।
दुर्घटना दर्जनभन्दा बढी व्यक्ति घाइते भएकाे र पाँच जना अझै बेपत्ता रहेका सेनाले जनाएकाे छ । घाइतेहरूकाे नजिक रहेकाे एक सैनिक अस्पतालमा उपचार भइरहेकाे छ ।
स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुइँमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ ।
स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा रहेकाहरूलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीसँग लड्ने एक टास्क फोर्सको हिस्साका रूपमा तैनाथ गरिँदै थियो । दक्षिणी फिलिपिन्समा थुप्रै चरमपन्थी गुट छन्, त्यसैले त्यहाँ ठूलो सङ्ख्यामा सैनिक तैनाथ रहेका छन् । उज्यालो
July 4, 2021 11:36 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी