बहराइनमा कागजात विहीन भएर काम गरिरहेकालाई खोप लगाउन दूतावासको अनुरोध
5 years अगाडी
manoj Thapa
काठमाण्डौ – बहराइनमा कागजात विहीन भएर काम गरिरहनुभएको छ ? र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने छिटो गर्नुहोस् ।
बहराइनमा रहेको नेपाली दूतावासले बहराइनमा कागजात विहीन भएर काम गरिरहेका सबै नेपालीलाई खोप लगाउन आग्रह गरेको छ ।
नेपालबाट बहराइन प्रवेश गर्ने हरेकको विवरण बहराइनको अध्यागमनसँग हुन्छ । उनीहरू मध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किए अनि कति चाहिँ कागजात विहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी पनि बहराइन सरकारसँग हुने हुँदा समयमा नै खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।
यसअघि दूतावासले कागजात विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासमा अनलाइनमार्फत खोप लगाउनका लागि फारम भर्न अनुरोध गरेको थियो ।
तर एकदमै थोरैले मात्र फारम भरेको भन्दै दूतावासले यथा सक्दो छिटो खोपका लागि फारम भर्न पनि भनेको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...