मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द
रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द भएको छ । बुधवार बेलुकादेखि निरन्तर परेको झरीका कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएकाे हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्गकाे रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठाउँमा पहिरो आएको छ ।
अहिले पनि पहिरो झरिरहेकाले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयाे ।
त्यसैगरी निरन्तरको झरीका कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो बन्द भएको छ । त्यही ठाउँकाे काले खोलामा आएको पहिरोका कारण राप्ती राजमार्ग बन्द भएकाे छ । उज्यालो
July 9, 2021 1:13 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी