Thursday 25th April 2024

एनआरएनएमा बेथिति , श्रमिक नीति , भोटको खेति

3 years अगाडी

राज मल्ल। इतिहास रचाउने वा इतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै सिद्धान्त , योगदान र गतिविधि छन । समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मिलेर या मिलाएर । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर । पङतिकारले यति लेख्दा बुझिसक्नु भयोहोला सन्दर्भ के हो भनेर । हो त्यहि नै हो । जुन यहाले सोच्नु भएको छ ।

एनआरएनए नया नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको सस्था उपनाम पाएको नेपाल बाहिरका नेपालीहरुको साझा थलोले बिश्वका प्रायःजसो देशहरुमा हागा फिजाएको छ जहाँ नेपाली पुगेकाछन । त्यहि हागा मध्येको एनआरएनए एनसीसी कुवेत यहि महिना भित्रमा आगामी कार्यकालको तयारि गर्दैछ । नेतृत्व गर्न चाहानेहरु समाजमा जुर्मुराउन थालेकाछन । समाजमा गरेको योगदानको कदरको मुल्यांकन हुनुपर्ने माग सहित कोहि छन भने , योगदान दिन म पनि तयार छु भन्नेहरु पनि छन। गुटबन्दी बुज्न नसकिने गरि बनेका छन ।

बिर्सन लायक इतिहास रहेको एनसिसि कुवेतको वर्तमानमा कार्यसमितिको गतिविधिले भने केही अनुकरणीय कार्य सम्पादन गरेर सबैको मस्तिष्कमा अटाउनु सफल भयो । कोभिड -१९ को महामारीको जटिल परिस्थितिमा पनि कुवेतमा गैरकानुनी बन्न पुगेका नेपालीकोहरुको उद्दार , सक्दो राहत वितरण , समस्यामा परेकाहरुलाई सहजिकरण , केहि महिना पहिला नेपालको लागि अक्सिजन सहयोग अभियान । १० दिनमा १६ लाख ३१ हजार सहयोग संकलनमा कुवेतवासि सम्पूर्ण नेपालिहरुको अतुलनीय योगदान रहेको छ भने अभियानलाई पारदर्शी रुपमा सार्थक बनाउनुमा एनसीसी कुवेतको। समाजलाई पर्दा एक ढिक्का बनाउन सक्नु नै नेतृत्वको सबल पक्षहो । सायद साझा सहमतिमा बनेको कार्यसमिति भएको कारण सम्भव भएको हामी मान्न सक्छौ ।

नेपाली समाज कुवेतले के चाहान्छ र कस्तोलाई सहयोग गर्छ भन्ने सायद सबै आगामी कार्यकाल प्रत्याशिहरुलाई अबगत नै होला । तर बिगत देखि नै चुनावमा तातिने एनसिसिको अबस्थामा फेरिपनि दुरुस्तै छ। अझ बढि । सुरुमा लाग्दैथियो एनसीसीको सफल कार्य सम्पादनले नया पन्जिकृत सदस्यहरु थपिय ६ सय हाराहारी रहेकोमा जुन ३० भित्रमा २,१८७ जना पुगे । यो पहिलोपटक हो र सकारात्मक पाटो हो । बुज्दै जादा यो केवल चुनावी तयारीको लागि मात्रै रहेछ । कोरोनाद्वारा सिर्जित अवस्था र अनलाइन भोटिङको प्रावधानलाई एनआरएनएले अबलम्बन गरेको हुदा भोटको खेति गरिएको यथार्थ बाहिर आईसकेको छ । कति सदस्यहरुलाई थाहा छैन उनको आडि कुन प्रयोजनका लागि मागियो भनेर। किनकि प्रायःजसो पन्जिकृत सदस्यहरुको दस्तुर नेतृत्व गर्न चाहानेहरुले जिम्मा लिने सुन्नमा आएको छ । २ केडि शुल्क लाग्ने सदस्यहरुको जिम्मा लिदै चुनावी अभियानमा होमिएको देख्दा लाग्छ ” हो एनआरएनए धनिहरुकै सस्था हो ” ।

एनआरएनएले मध्यपूर्वलाई श्रमिकमैत्रि बनाउनु पर्छ भन्ने नारा लगाउदै गर्दा यहाको एनसीसी भने युरोप अमेरिकाको सिको गर्दै अगाडि बढेको छ । अहिले भोट किनेर नेतृत्वमा जानेले भोलि भोट नबेच्लान भन्न सकिन्न । यस्ता नेतृत्वका प्रत्याशितहरुबाट श्रमिकले के अपेक्षा गर्ने ? एनसिसि कुवेतको अर्को दुखद अभ्यास भनौ या रितिथिति वा कुरिति , यहां बिगतदेखि नै नेतृत्वमा जान चाहानेले केही त्तवको विकाश गरि आशिर्वाद थाप्ने र त्यहि तत्वले टीका लगाईदिए नेतृत्व पाउने प्रचलन छ। यस पटक पनि टीका र आशिर्वाद साइत सकाएर , साम,दाम दण्ड भेद सहित आफुले भने अनुासर नभए इतिहास बनाइदिने उर्दि सामाजिक सन्जालमा पोखिदैछ। आखिर यो कहिले सम्म ? ७५ भन्दा बढि सघ सस्थाहरु सक्षम छैन्न समाजलाई चाहिने नेतृत्व चुन्न ? चुनाबमा चुप बसेर पछि सत्वोशराव गर्नु भन्दा वेलैमा सचेत बनौ र सहि नेतृत्व चुनौ ।

मध्येपूर्वका एनसीसीहरुलाई भोट बैंकको रुपमा हेर्दै आफुलाई जिताउन कुवेत भ्रमण गरि मोटो रकम बोलकबोल गर्नेहरुले बोलेको के कति पुर्याए ? कि आश्वासन मात्र हो । हिसाब राखौ । आउदो नेतृत्वले समाजलाई अब नया स्वरुप लानुको विक्लप छैन । समय र परिस्थिति पनि सहज छैन । आप्रवासी नेपालिहरुका समस्याहरु बढ्दोक्रम मा छन । वैदेशिक रोजगारि पनि त्यति सहज छैन । प्रवासमा समस्याहरुको आहाल छ । क्रमिकरुपमा सहजिकरण तर्फ लाग्नुपर्छ । बिगतको चन्दा अभियानलाई बिस्तारै मेटाउदै नया तथा रचनात्मक र केहि सृजनात्मक कार्यहरुबाट आर्थिक अवस्थालाई बलियो बनाउन तर्थ कदम चाल्नु पर्छ । समाजलाई मिलाएर लान सकेमा मात्र समाजले सहयोग गर्छ यो बुज्न जरुरि छ। आशा गरौ आगामी नेतृत्वले नया इतिहास लेखोस्,इतिहास नबनोस् ।

          July 10, 2021 12:06 am | समाचार,समाज,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...