एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्र सारू मगरलाइ निर्वाचन अधिकृत तोकेको छ ।
गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचन समिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो । गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो ।
निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचन अधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले जानकारी दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन् ।
July 10, 2021 7:13 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत