दाङमा रेड पाण्डाकाे छालासहित दुई जना पक्राउ
4 years अगाडी
manoj Thapa
दाङ – दाङमा रेड पाण्डाको छाला र काइनेटिक टल्लने ढुङ्गासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १६ गरुवामा रेड पाण्डाको छाला बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाँजरकोट जुनीचाँदी गाउँपालिका ७ का ४८ वर्षीय डिलबहादुर रावतलाई बुधवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म दुई फीट १० इन्च लम्बाइकाे नङ्ग्रासहितकाे रेड पाण्डाको छाला एक थान, काइनेटिक टल्लने ढुङ्गा सानो ठूला गरी ३२ थान, मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उज्यालो
July 14, 2021 7:28 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...