दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने
दाङ – डिभिजन वन कार्यालय दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । त्यसका लागि जडीबुटीका ७० हजार बिरुवा रोपिएको छ । जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन बढाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यो वर्ष दाङको पहाडी क्षेत्र बङ्गलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपातलगायतका ७० हजार भन्दा धेरै बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

६ सयभन्दा धेरै किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बिरुवा रोपिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको प्रचुर सम्भावनालाई केन्द्रीत गरेर डिभिजन वन कार्यालयले जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन वृद्धि गर्न लागेको बताउनुभयो ।
बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडीबुटी विस्तार कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रमका रुपमा लिइ स्थानीयहरुलाई बिरुवा रोप्न प्रेरित गरिरहेको बताउनुभयो । उज्यालो
July 18, 2021 1:22 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर