दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने
दाङ – डिभिजन वन कार्यालय दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । त्यसका लागि जडीबुटीका ७० हजार बिरुवा रोपिएको छ । जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन बढाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यो वर्ष दाङको पहाडी क्षेत्र बङ्गलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपातलगायतका ७० हजार भन्दा धेरै बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

६ सयभन्दा धेरै किसानको जग्गा, सामुदायिक वनको खाली क्षेत्र र सामुदायिक विद्यालयको जग्गामा बिरुवा रोपिएको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको प्रचुर सम्भावनालाई केन्द्रीत गरेर डिभिजन वन कार्यालयले जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन वृद्धि गर्न लागेको बताउनुभयो ।
बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडीबुटी विस्तार कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रमका रुपमा लिइ स्थानीयहरुलाई बिरुवा रोप्न प्रेरित गरिरहेको बताउनुभयो । उज्यालो
July 18, 2021 1:22 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले