

क्रियाशील सदस्यता वितरण विवाद तत्काल समाधान गर्न देउवालाई दबाब

काठमाण्डाै – प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । सानेपामा रहेकाे पार्टीकाे केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता/कार्यकर्ताले आज सोमवार एक पक्षीय ढङ्गले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनशन बस्ने चेतावनीसमेत दिए ।
पार्टीको विधानसम्मत ढङ्गले, न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानबिन नभए आफूहरू आमरण अनशनमा बस्न बाध्य हुने कांग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिनुभयो । उहाँले छिटो भन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग गर्नुभयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदाे भदाै १६–१९ गते गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा कांग्रेसका प्रदेश नम्बर २ का नेता/कार्यकर्ता पार्टी कार्यालयमा अनशनमा बसेका छन् । उनीहरूले जिल्ला छानबिन समितिले दिएको सुझावका आधारमा सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनीसमेत दिएका छन् ।
जिल्ला छानबिन समितिले केन्द्रलाई दिएको सुझावका आधारमा सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरे मान्य नहुने कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवले बताउनुभयो । उहाँले पार्टी केन्द्रले एक पक्षीय ढङ्गले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न लागेकोमा आपत्ति जनाउँदै मान्य नहुने चेतावनीसमेत दिनुभयो ।
धर्नामा बसेकाहरूले जिल्ला छानबिन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोशसमेत व्यक्त गर्दै आएका छन् । उनीहरूले केन्द्रीयस्तरको छानबिन समितिले समेत पार्टीको विधानअनुसार काम गर्न नसकेको दाबी गरेका छन् । उज्यालो
July 19, 2021 9:12 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

