प्युठानमा नदीमा बगेर दुई बालिका बेपत्ता
4 years अगाडी
manoj Thapa
प्युठान – पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापाकी सात वर्षीया छोरी शर्मिला थापा मगर रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
हिजाे दिउँसाे ३ बजे पौडी खेल्ने क्रममा दुवै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताउनुभयो ।उज्यालो
July 21, 2021 12:57 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...