

लमजुङमा घरेलु तथा साना उद्योगको संख्या बढ्दो, ४ अर्ब लगानी

लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् ।
जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् ।
कार्यालयमा दर्ता भएका उद्योगहरुमा कृषि फर्म, सिलाइ–कटाइ, कुटानी–पिसानी, कृषि औजार, बेकरी उद्योग, मौरीपालन लगायतका उद्योग रहेका उहाँले बताउनुभयो । विशेषगरी बेसीशहर, सुन्दरबजार, भोटेओडार, भोर्लेटार र खुदी लगायतका लमजुङका मुख्य व्यापारिक तथा बजारी क्षेत्रमा व्यवसाय तथा पसलहरु सञ्चालनमा आएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा बर्सेनि घरेलु तथा साना उद्योगको संख्या बढेसँगै लगानी पनि थपिँदै गएको छ । हालसम्म जिल्लाका विभिन्न उद्योगमा झण्डै चार अर्ब हाराहारीमा लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय, लमजुङले जनाएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने

