

अघिल्लो सरकारजस्तै ‘गफाडी’ नबन्न नयाँ सरकारलाई सुझाव

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको बैठकमा विभिन्न दलका सांसदले समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित भनाइ राखिरहेका छन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको परीक्षा सुरु भइसकेको भन्दै अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने बताउनुभयो ।
सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञानलाई नपत्याउने, पालिका र प्रदेश सरकारलाई पङ्गु बनाउने, नजिकका मान्छेलाई मात्रै पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने जस्ता गलत कर्मका कारण केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताउनुभयो । उहाँले यो सरकारले संसदको सम्मान गर्दै संसदको निर्देशन अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले एउटा गफाडी सरकार हटाएर अर्को गफाडी सरकार ल्याएको आभास हुन थालेको भन्दै गफ कम र काम धेरै गर्न सुझाव दिनुभएको छ । कर्णालीमा पैसा तिरेर बिजुली बाल्छु भन्दा पनि बिजुली नपाउने तर काठमाण्डौमा बसेर ऊर्जा मन्त्रीले निःशुल्क बिजुली दिन्छु भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।
यस्तै सांसद गङ्गा चौधरीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्को अन्तर्राष्ट्रिय समितिमा अर्का सांसद नारदमुनि रानालाई दुर्व्यवहार गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै विरोध जनाउनुभएको छ ।
कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यापारी पृष्ठभूमिका सांसदलाई मन्त्री बनाउँदा विरोध भएको भन्दै मन्त्रीको मापदण्डबारे कानुन बनाउन माग गर्नुभएको छ । उज्यालो
July 27, 2021 4:52 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

