मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो।
कुवेत / ३१ जुलाइ, कुवेत। मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा पठाएको हो। ८१३.५०० फिल्समा पठाएको शुल्क काटेर कुल ८१२.५०० फिल्सको नेपाली ३ लाख १६ हजार ८८ रुपैयाँ पठाएको अध्यक्ष लिम्बुले जानकारी दिएका छन।

मोसु केन्द्रले आफ्नो कोषबाट सिलिन्डर किलेर वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो। सोही अनुरुप मोसु कुवेतले चालेको अभियानमा ८६ जना नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा आएर श्रम गरिरहेका नेपालिहरुले सहयोग गरेका छन।
अध्यक्ष लिम्बुले प्रवासमा दुख गरिरहँदा पनि आफ्नो देश र घर गाउँको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन। साथै यश अभियान मार्फत सहयोग गर्नुहुने सबै सबै सहयोगी महानुभावहरुलाइ धन्यवाद ज्ञापन गरेका छन।
सहयोगीदाताहरुको नामवली यसप्रकार छन।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी