भारतलगायतका देशबाट फूलकाे अवैध आयात राेक्न माग गर्दै व्यवसायी सडकमा आए
काठमाण्डाै – अवैैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन्

फ्लोरिकल्चर एसाेसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान सङ्घको आह्वानमा अवैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्यालीसहितको प्रदर्शन गरेका हुन्

बुधवार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
ज्ञापन पत्रमा अवैध ढङ्गले कर छलेर नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्नेमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिएको एसाेसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

सरकाले स्वदेशी पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि योजना ल्याउन नसकेको, भारतलगायतका देशबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न नसकेकाे सरकारले नसकेकोमा पुष्प व्यवसायीहरूको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको उनीहरूकाे आरोप छ । उज्यालो
August 4, 2021 9:11 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग