अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै
काठमाण्डाै – तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।
अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन ।
दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सहित समावेशी सरकार गठन गर्न दबाब दिने अमेरिकी तयारी छ ।
‘अफगानिस्तानले गम्भीर आर्थिक सङ्कुचन र मानवीय सङ्कटको सामना गरिरहेको छ, हामी तालिबानलाई मानवअधिकारको रक्षाको लागि दबाब दिनेछौँ ’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ ।
अमेरिकाले अहिले नै अफगानिस्तानमा तालिबान शासनलाई मान्यता दिन नसकिने स्पष्ट पारेको छ । तालिबानसँगको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई देश छाड्न दिने विषयलाई मुख्य प्राथमिकता दिनेछ।साभार उज्यालो
October 9, 2021 7:02 pm | राजनीति,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’