NRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।
कुवेत। गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ।आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमानअध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता संगै सो शिविर हुनलागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।
उनले कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बन्चित हुन पर्दा कुवेतमा नेपालिहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमकोअत्यावश्यक रहेको बताएका छन। शिबिरमा Blood, pressure, Sugar, ECG, x-ray र Doctor consultration गराउन सक्नेअध्यक्ष लामाले बताएका छन। साथै आवस्यकता हेरेर PCR र cholesterol समेत चेक गर्न सकिनेछ।
पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथासमयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खालेकार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ। यसका लागि NRNA कुवेतले विभिन्न स्वास्थ्यप्रादायक कम्पनिहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालिहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरिछुट कार्डको ब्यबस्था हुने बताएका छन।
यश नि:शुल्क स्वास्थ्य सिविरमा उपस्तिथित हुने नेपालिहरुको लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत ब्यबस्था गरेको छ।
कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपिलिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध गरेका छन।
October 26, 2021 12:52 pm | सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता