लुम्बिनी प्रदेशले दाङकाे राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने
4 years अगाडी
manoj Thapa
दाङ – लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ ।
राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो ।
यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको बताउनुभयो।
अस्पताल नहुँदासम्म सामान्य चोटपटक लागेका बिरामी या शल्यक्रिया गरेर प्रस्तुति गराउनुपर्ने सबैलाई बुटवल अथवा नेपालगञ्ज लैजानुपर्ने बाध्यता रहेको थियाे। साभार उज्यालो
November 14, 2021 2:49 pm | समाचार,सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...