सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द
4 years अगाडी
manoj Thapa
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् ।
सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरू अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा/उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयका लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखी कर्मचारीहरू आन्दोलित भएका छन् । त्यही आन्दोलनको समर्थनमा शिक्षकहरू आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहताले बताउनुभयो ।
गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी अध्ययनरत छन् । साभार उज्यालो
November 19, 2021 9:10 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...