सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द
4 years अगाडी
manoj Thapa
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् ।
सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरू अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा/उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयका लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखी कर्मचारीहरू आन्दोलित भएका छन् । त्यही आन्दोलनको समर्थनमा शिक्षकहरू आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहताले बताउनुभयो ।
गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी अध्ययनरत छन् । साभार उज्यालो
November 19, 2021 9:10 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...