

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि १७ डिसेम्बरमा हुने

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ ।
मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्य विभाजन समेत भइसकेको सचिव राजन श्रेष्ठले जानकारी दिए ।
चौथो राष्ट्रिय भेलाका बारेमा मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले भने, ’मञ्चको यस अघिको राष्ट्रिय भेलामा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ “प्रकाश“ लाइ कुवेत ल्याइ अधिवेशन सम्पन्न गरिएकोमा कोरोना महामारीको कारण केहि समय ढिला हुन गए पनि यस पटक पनि केन्द्रीय नेतृत्वबाट सम्बोधन गराइ भेला सम्पन्न गरिने बताए । अध्यक्ष मगरले थपे, २ पार्टी एकताको विषयले केहि समय ढुलमुल हुनुको साथै कोरोना महामारीको कारण थोरै सुस्ताएको जस्तो देखिए पनि अब मञ्च सकृय भएर संगठन विस्तार तथा श्रमिकमैत्री कार्यमा अघि बढि रहेको छ ।’
मञ्चले चौथो राष्ट्रिय भेलालाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूणर् दाजुभा तथा दिदीबहिनीहरूलाइ मञ्चको चौथो राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।
“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०११ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ ।
कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला ।
मितिः १७ डिसेम्बर २०२१ शुक्रबार ।
स्थानः पपिन्स हल अब्बासिया कुवेत ।
समयः दिनको ठिक ११ बजे ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

