मोबाइलको ‘फाइभ जी’ प्रविधि तत्काल लागू नगर्न अमेरिकालाई बोइङ र एअरबसको अनुरोध
काठमाण्डाै – विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीले मोबाइलको ‘फाइभ जी’ प्रविधिले नागरिक उड्ययन उद्योगमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।
बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले अमेरिकी सरकारलाई पत्र लेखेर विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने भन्दै फाइभ जी प्रविधि लागू गर्न हतार नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।
अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को जनवरी ५ देखि फाइभ जी प्रविधि लागू गर्ने तयारीमा छन् । बोइङका डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा फाइभ जीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्ने उल्लेख छ ।
पत्रमा एउटा अध्ययनको तथ्याङ्कलाई पनि समावेश गरिएको छ । उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभ जीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभ जी सुरक्षित रहेको र उड्ययन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम गरेकाे बताएको छ।उजयालो
December 22, 2021 5:05 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग