

ई–पासपोर्ट अत्यावश्यक भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउन विभागले तोक्यो तीन ठाउँ

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।
आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो ।
अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ । उज्यालो
December 23, 2021 9:55 pm | समाचार,सुचना

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने

