ई–पासपोर्ट अत्यावश्यक भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउन विभागले तोक्यो तीन ठाउँ
काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।
आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो ।
अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ । उज्यालो
December 23, 2021 9:55 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत