Thursday 25th April 2024

ई–पासपोर्ट अत्यावश्यक भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउन विभागले तोक्यो तीन ठाउँ

2 years अगाडी

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको  लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।

आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो ।

अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ । उज्यालो

 

          December 23, 2021 9:55 pm | समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...