

NRNA द्वारा आयोजित आगामी हप्ता हुने भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँचको सुविधा पनी

कुवेत। गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ। कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज कुवेत, मोना कुवेत टिम, नबराज पराजुली भलिबल क्लव र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने NRNA खेलकुद प्रमुख नबराज पराजुलिले जानकारिदिएका छन।
कुवेतमा पछिल्लो समय बढेको कोरोना महामारिलाइ ध्यानमा राख्दै खेलाडी र दर्शकहरुको स्वास्थ्यको मध्यनजर गर्दै र केही दिनदेखी व्हत्तै बढेको चिसोको कारण धेरै दर्शक तथा खेलासिहरु अस्वास्थ्य हुने भएकोले यी सबै कुरालाई ध्यानमा राखी मेडिकल टिमको व्यवस्था गरेको NRNA अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन। उनले थप्दै “NRNA कुवेतको इतिहासमा यो पहिलो पटक भलिबल प्रतियोगिता गरिरहेको र यसलाइ स्ट्यान्डर्ड मेन्टेइन गर्न पनि हामिले इन्डोर खेल खेलाइरहेका छौँ। साथमा खेलाडिहरुको लागि इमेर्जेन्सी मेडिकल टिम समेत तैनाथ गरेका छौँ। जसले कुनै खेलाडी लडेर चोटपटक लागेमा वा खेल मैदानभित्र कुनै कारणबस खेलाडिलाइ स्वास्थ्य समस्या आएमा स्ट्रेचर र फर्स्ट एड बक्स सहितको मेडिकल टिम त्यहाँ पुग्नेछन।”
खासमा ओमिक्रोनको डरलाग्दो खबरहरु विभिन्न सामाजिक सञ्जाल तथा संचार माध्यममा सुनिरहेकोले सबै दर्शक र खेलाडिहरुको स्वास्थ्यमा पनि उत्तिकै संवेदनशील बन्नुपर्छ भन्ने उदेश्यले उक्त भलिबल प्रतियोगितामा मेडिकल टिम तयार गरिएको कुरा NRNA महासचिव दिल पाख्रीन संगको कुराकानिमा बताएका छन। उक्त कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले बिपि, सुगर, प्रेसर, तापक्रम, लगाएतको सामन्य चेक जाँछ गरेर आवस्यक परेकाहरुलाइ साइरप, फ्लूडेक्स, पनाडोल लगाएतका औसधि समेत निशुल्क वितरण हुने महासचिव पाख्रीनले बताएका छन। साथै सो चेकजाँचमा सामन्य भन्दा गम्भीर चेक जाँच गर्नुपर्ने भएमा डाक्टरले रिफर गरि हस्पिटल पठाइनेछ।
प्रतियोगितामा पहिलो र दोस्रो पुरस्कार क्रमशः २०१/- केडि, १२५/- केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र मात्र राखिएको थियो। तर पुनः छलफल गरि तृतीय हुनेलाइ ५१ केडि नगद, ट्र्फि, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ। त्यस्तै बेस्ट प्लयेरलाइ र बेस्ट स्पाइकरलाइ क्रमशः नगद २५ केडि सहित ट्रफी प्रदान गरिनेछ।
कार्यक्रममा मनोरञ्जनका लागि भलिबल प्रती रुचि भएका तर खेल नखेलेका कुवेतको नेपाली समाजमा चिर परिचित ब्याक्तित्वहरु विच एक “शो म्याच” पनि रहनेछ।
January 5, 2022 11:50 pm | सुचना,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

