

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि राष्ट्र सङ्घले बलियो सन्धि गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घस्तरमा बलियो सन्धि आवश्यक रहेको एउटा प्रतिवेदनले जनाएको छ ।
वातारणीय अनुसन्धान एजेन्सी (ईआईए) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा प्लास्टिकबाट वातारणमा पुगेको क्षतिबारे प्रशस्त प्रमाणहरु रहेको भन्दै यसलाई रोक्न संयुक्त राष्ट्र सङ्घले सन्धि गर्नुपर्ने उल्लेख छ ।
प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तनको सरह रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लास्टिकका साना कणहरु रहेको भन्दै अनुसन्धानकर्ताहरुले प्लास्टिकको उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।
थाइल्यान्डमा प्लास्टिकजन्य फोहोर खाएपछि २० वटा हात्ती मरेका उदाहरण दिँदै प्रतिवेदनमा प्लास्टिकको गम्भीर असर देखाउने यस्ता थुप्रै घटनाहरु भएका उल्लेख छ ।
प्लास्टिकका कणहरुको कारण हिउँ पग्लिने क्रम समेत बढेको प्रतिवेदनमा भनिएको छ । प्लास्टिकको प्रयोगमा अहिलेकै अवस्था कायम रहे अबको २० वर्षमा समुद्रहरुमा प्लास्टिकको मात्रा त्यहाँ रहेका माछाको भन्दा बढी हुने चेतावनी दिइएको छ । उज्यालो
January 19, 2022 12:48 am | समाचार,स्वास्थ्य

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

