चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आज बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको उल्लेख गर्नुभयो । चुनाव सम्पन्न गराउन सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।
गएको भदौ २३ र २४ मा जेन–जीले गरेको आन्दोलनबाट बनेको वर्तमान सरकारलाई फागुन २१ मा चुनाव गराउने मुख्य जिम्मेवारी रहेको भन्दै उहाँले नेपालको संविधानमा रही जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व पनि रहेको बताउनुभयो । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुने उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउनुभयो । उज्यालो
October 22, 2025 1:30 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।