Friday 26th April 2024

विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार, विदेशिने महिलाको सङ्ख्या बढ्यो

2 years अगाडी

काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको  उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ हजार १०३ अर्थात १८ .७२ प्रतिशत रहेको छ ।

२०६८ सालकाे जनगणनामा  घरभन्दा बाहिर (विदेशमा बस्ने)  नेपालीकाे सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । जसमा १६ लाख ८४ हजार ०२९ जना पुरुष र २ लाख ३७ हजार ४०० जना महिलाको सङ्ख्या थियो । तर अहिले भने विदेशिने महिलाको सङ्ख्या झण्डै दोब्बर अर्थात् .३६ प्रतिशत विन्दुले बढेको विभागले जनाएको छ ।

जिल्लागत आधारमा ७७ जिल्लाबाटै मानिसहरू विदेश गएको देखिएको छ । सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट र सबैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङबाट गएको देखिएको छ ।

यस्तै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ । जसमा पुरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ ।

नेपालमा जम्मा परिवार सङ्ख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । उज्यालो

          January 26, 2022 4:53 pm | Uncategorized,समाज,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...