विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार, विदेशिने महिलाको सङ्ख्या बढ्यो
काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ हजार १०३ अर्थात १८ .७२ प्रतिशत रहेको छ ।
२०६८ सालकाे जनगणनामा घरभन्दा बाहिर (विदेशमा बस्ने) नेपालीकाे सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । जसमा १६ लाख ८४ हजार ०२९ जना पुरुष र २ लाख ३७ हजार ४०० जना महिलाको सङ्ख्या थियो । तर अहिले भने विदेशिने महिलाको सङ्ख्या झण्डै दोब्बर अर्थात् .३६ प्रतिशत विन्दुले बढेको विभागले जनाएको छ ।
जिल्लागत आधारमा ७७ जिल्लाबाटै मानिसहरू विदेश गएको देखिएको छ । सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट र सबैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङबाट गएको देखिएको छ ।
यस्तै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ । जसमा पुरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ ।
नेपालमा जम्मा परिवार सङ्ख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । उज्यालो
January 26, 2022 4:53 pm | Uncategorized,समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत