

दाङमा १ सय ५१ शिक्षककाे दरबन्दी खाली

दाङ – दाङमा एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको छ । जिल्लाभर एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङले जनाएको छ ।
दाङमा अहिले प्राथमिक तहमा एक सय २२, निम्न माध्यमिक तहमा २३ र माध्यमिक तहमा ६ गरी एक सय ५१ शिक्षककाे दरबन्दी खाली भएको कार्यालयले जनाएको छ ।
प्राथमिक तहमा घोराहीमा ३९, तुलसीपुरमा २१, लमहीमा दुई, राप्तीमा पाँच, गढवामा आठ, राजपुरमा १३, बङ्गलाचुलीमा १७, दङ्गीशरणमा चार, शान्तिनगरमा तीन र बबईमा १० शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जानकारी दिएको छ ।
यस्तै निमावि तहमा घोराहीमा चार, तुलसीपुरमा चार, राजपुरमा चार, बङ्गलाचुलीमा पाँच र बबईमा एक शिक्षककाे दरबन्दी खाली रहेको छ । यसैगरी माध्यमिक तहमा घोराहीमा दुई, तुलसीपुरमा एक, राप्तीमा एक, राजपुरमा एक, बङ्गलाचुलीमा एक शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जनाएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

