रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी
रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । रुस–युक्रेन युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा विभाजनको सम्भावना देखिएको बीबीसीले जनाएको छ ।
सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाको मुख्य भूमिका छ । तर अहिले रुस–युक्रेन युद्धलाई लिएर आईएसएसबारे पनि आरोप प्रत्यारोप भइरहेको छ । रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने अभिव्यक्ति दिएपछि समस्या झनै बढेको छ । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ ।
यस्तै रुसले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ । अमेरिकी र रुसीहरूले शीतयुद्धको समयमा समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन् । यस्तै युद्ध सुरु भए यता रुस र युरोपेली अन्तरिक्ष केन्द्रबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् । युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्षसम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ । युरोपेली अन्तरिक्ष निकायले आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ । उज्यालो
March 27, 2022 11:00 pm | टिप्स/जानकारी,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।