Thursday 25th April 2024

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

2 years अगाडी

रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । रुस–युक्रेन युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा विभाजनको सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाको मुख्य भूमिका छ । तर अहिले रुस–युक्रेन युद्धलाई लिएर आईएसएसबारे पनि आरोप प्रत्यारोप भइरहेको छ । रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने अभिव्यक्ति दिएपछि समस्या झनै बढेको छ । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ ।

यस्तै रुसले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ । अमेरिकी र रुसीहरूले शीतयुद्धको समयमा समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन् ।  यस्तै युद्ध सुरु भए यता रुस र युरोपेली अन्तरिक्ष केन्द्रबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् । युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्षसम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ । युरोपेली अन्तरिक्ष निकायले आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।   उज्यालो

          March 27, 2022 11:00 pm | टिप्स/जानकारी,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...