Saturday 20th April 2024

शिक्षा, स्वास्थ्यमा व्यावहारिक नदेखिएकाले २ दिन बिदा दिने निर्णय खारेज

2 years अगाडी

काठमाण्डाै – सरकारले परीक्षणका रूपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले गएकाे जेठ १ गतेदेखि लागू हुने गरी परीक्षणका रूपमा सुरु गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज बताउनुभएको हो ।

मन्त्रिपरिषद्काे निर्णय सुनाउँदै गृहमन्त्री खाणले शिक्षा र स्वास्थ्यमा व्यावहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरेको बताउनुभयो ।

त्यस्तै सरकारले थाइल्यान्डमा आयोजना हुने ‘गभर्नेन्स एन्ड एन्टिकरप्शन मेथड एन्ड टुल्स बिहाइन्ड अन इफेक्टिभ करप्शन एर्डिकेशन स्टाट्रेजी’ विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने भएको छ ।

सरकारले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि प्राप्त हुने झन्डै १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेकाे छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको गृहमन्त्री खाणले बताउनुभयो ।

गृहमन्त्री खाणका अनुसार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृत दिने, हातहतियार खरखजाना ११ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएकाे छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने ‘एसिया प्यासिफिक निनिस्टेरियल कन्फ्रेन्स अन डिजास्टर रिस्क रिडक्शन’ कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री खाणले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने निर्णय भएकाे सुनाउनुभयाे ।

प्रहरी नायब निरीक्षकहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएकाे छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाे छ ।

रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि मन्त्री खाणले बताउनुभयो । उहाँले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमा सुवास बी. साही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने निर्णय भएकाे जानकारी दिनभयाे ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएकाे छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै लोक सेवा आयोगको सिफारिसअनुसार निजामती सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका चार जनालाई राजपत्राङ्कित प्रथम श्रेणी वा त्याेसरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ । उज्यालो

          June 7, 2022 10:42 pm | राजनीति,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...