निरन्तरकाे वर्षाका कारण राप्ती गाउँपालिकाका केही वडा डुबानमा
दाङ – गए रातिदेखिको अविरल वर्षाका कारण दाङको राप्ती गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । वर्षाले वडा नम्बर ६ पत्थरगढवा निवासी भोसु चौधरी र बहादुर चौधरीको कच्ची घर डुबानमा परेको छ ।
त्यही ठाउँमा रहेको ६ नम्बर वडा कार्यालय पनि डुबानको जोखिममा रहेको छ । चारैतिर बाढीले घेरेको छ । सानो नदीमा आएको बाढीले वडा कार्यालय डुबानको जोखिममा रहेको वडा अध्यक्ष दिपककुमार चौधरीले जानकारी दिनुभयाे । वडा नम्बर ७ को मिलनचोक स्थित नवीन चौधरीको किराना पसल र त्यही ठाउँ निवासी श्याम सुवेदीको किराना पसलमा पानी पसेको छ ।

त्यस्तै गएराति देखि परेको अविरल वर्षाका कारण आएको बाढीले भर्खर लगाएको धानबाली,मकै र तरकारीबाली समेत डुबानमा परेको छ । केही ठाउँमा सिचाइँका लागि बनाएको संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । यसैगरी देउखुरीमा बन्दै गरेको गढवा-राजपुर हुलाकी सडक तथा कल्भर्टमा पनि क्षति भएको छ । राजपुर गाउपालिका वडा नं २ मटेरियामा रातभरि परेको पानीले निकाश नपाउँदा सडक र कल्भर्ट भत्किएको स्थानीय ऋषि घिमिरेले बताउनुभयाे ।

सडकमा क्षति भएर गढवा-राजपुर आवागमन रोकिएसँगै राजपुरबाट दुध बेच्न गढवा लमही आउने किसानलाई समस्या भएको छ । उज्यालो
July 9, 2022 4:56 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग