Monday 6th May 2024

निरन्तरकाे वर्षाका कारण राप्ती गाउँपालिकाका केही वडा डुबानमा

2 years अगाडी

दाङ –  गए रातिदेखिको अविरल वर्षाका कारण दाङको राप्ती गाउँपालिकाका केही वडा डुबानमा परेका छन् ।  वर्षाले वडा नम्बर ६ पत्थरगढवा निवासी भोसु चौधरी र बहादुर चौधरीको कच्ची घर डुबानमा परेको छ ।

त्यही ठाउँमा रहेको ६ नम्बर वडा कार्यालय पनि डुबानको जोखिममा रहेको छ । चारैतिर बाढीले घेरेको छ । सानो नदीमा आएको बाढीले वडा कार्यालय डुबानको जोखिममा रहेको वडा अध्यक्ष दिपककुमार चौधरीले जानकारी दिनुभयाे । वडा नम्बर ७ को मिलनचोक स्थित नवीन चौधरीको किराना पसल र त्यही ठाउँ निवासी श्याम सुवेदीको किराना पसलमा पानी पसेको छ ।

त्यस्तै गएराति देखि परेको अविरल वर्षाका कारण आएको बाढीले भर्खर लगाएको धानबाली,मकै र तरकारीबाली समेत डुबानमा परेको छ ।  केही ठाउँमा सिचाइँका लागि बनाएको संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । यसैगरी देउखुरीमा बन्दै गरेको गढवा-राजपुर हुलाकी सडक तथा कल्भर्टमा पनि क्षति भएको छ । राजपुर गाउपालिका वडा नं २ मटेरियामा रातभरि परेको पानीले निकाश नपाउँदा सडक र कल्भर्ट भत्किएको स्थानीय ऋषि घिमिरेले बताउनुभयाे ।

सडकमा क्षति भएर गढवा-राजपुर आवागमन रोकिएसँगै राजपुरबाट दुध बेच्न गढवा लमही आउने किसानलाई समस्या भएको छ । उज्यालो

          July 9, 2022 4:56 pm | समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...