कोसेली समूह पुनर्गठन, अध्यक्षमा लोमस बास्तोला
कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई सम्मान सहित बिदाई गरेको छ।
केही महिना अघि सम्पन्न एनआरएनए राष्ट्रिय महाधिवेशनबाट मध्येपुर्व उप सम्योजक चयन भएका अमित चाम्लिङ राईलाई समेत सम्मान गरेको छ। निबर्तमान अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा, महासचिव मित्रभक्त आचार्यको संचालनमा सम्पन्न भेलामा सल्लाहकार शिव कोईराला, संरक्षक सुजन केसी, तोया दाहाल, मध्येपुर्व उपसम्योजक अमित राई र बिदाई भएर जानलाग्नु भएका ईन्द्र प्रसाद पोख्रेल लगायतले आफ्नो भनाई राख्नु भएको थियो। कुवेतमा लामो समय देखि अनलाइन र छापा पत्रीका समेत प्रकासनमा ल्याएको कोसेली समूह (तितोपाटी) सूचना बिभागमा समेत दर्ता भैइसकेको छ। छापा पत्रिका प्रकासन भने तत्कालका लागि स्थगित गरिएको छ ।
पुनर्गठित कार्य समिती यस प्रकार रहेको छ।
अध्यक्ष-लोमस बास्तोला
उपाध्यक्ष-जीवन सुनार
उपाध्यक्ष-राजन श्रेष्ठ
महासचिव-मित्रभक्त आचार्य
सचिव-गुलामनाबी मन्सुर
कोसाध्यक्ष-राजु कार्की
सदस्य-बिमला पन्डित
सदस्य-बेदनाथ हुमागाई
सदस्य-शान्ती राई
आर्थिक बिभाग प्रमुख-नबराज पन्थी
मिडिया प्रमुख-तोयानाथ दाहाल
प्रबन्ध निर्देशक-आनन्द आचार्य
सल्लाहकार-शिव कोईराला
सल्लाहकार-ईन्द्र प्रसाद पोख्रेल
संरक्षक-सुजन केसी
संरक्षक-मनु मगर
संरक्षक-तोयानाथ दाहाल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी