

कुवेत आएको दुई दिनमा सम्पर्कबिहिन दुर्गा बहादुर खड्का

बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन भएका छन पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले जानकारी दिएका छन । खड्काले ३ महिना बित्दा समेत पनि परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।
दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आए देखि निरन्तर पहल गरेको भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ ।
गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन । खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनु हुन् शितल ठाकुरले आग्रह गरेका छन आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दा समेत अझै केहि खुल्न सकेको छैन ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

