कुवेत आएको दुई दिनमा सम्पर्कबिहिन दुर्गा बहादुर खड्का
बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन भएका छन पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले जानकारी दिएका छन । खड्काले ३ महिना बित्दा समेत पनि परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।
दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आए देखि निरन्तर पहल गरेको भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ ।
गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन । खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनु हुन् शितल ठाकुरले आग्रह गरेका छन आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दा समेत अझै केहि खुल्न सकेको छैन ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता