

कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीको मृत्यु

कुवेत-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन ।
बिस्ट र कुँवरको हृदयघातका कारण, चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने शेर्पाले झुण्डिएर आत्महत्या गरेको नेपाली दुताबास कुवेतका दृतिय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ । आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो । उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो । उनको आत्महत्या पर्श्चात सबैलाई गम्भीर बनाएको छ जुन नेपालका रास्ट्रीय मिडियाहरुले समेत रिपोर्ट नै प्रसारण गरेका छन । शेर्पा त एक उदाहरण मात्रै हो बैदेशिक रोजगारीमा आउने धेरै नेपाली चेलीहरुले पनि यस्तै समस्या झेलिरहेकाछन भने ज्यान पनि गुमाई रहेका छन तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक रहेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

