Friday 26th April 2024

बञ्चरेडाँडामा फाेहरकाे अवराेध हटाउन सहमति

2 years अगाडी

काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेकाे अवराेध हटाउन आज बुधवार बेलुकी तीन बुँदे सहमति भएकाे छ ।

काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेकाे काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेकाे हाे ।

फोहर बाेकेर आएकाे गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फाेहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएकाे जेठ २६ गते भएकाे सहमति कार्यान्वयन गर्दै जाने सहमति भएकाे छ ।

बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी हुनुहुन्थ्याे । यस्तै छलफलमा काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी थिए । उज्यालो

          August 17, 2022 9:54 pm | समाचार,समाज,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...