नेपाल कुवेत सरोकार समाजको चौथो सांगितिक धमाका
नेपाल कुवेत सरोकार समाज कुवैतद्र्रारा आयोजित आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार सम्पन्न हुन गैरहेको चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाललाई कुवेत ल्याउने भएका छन्।
प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइरहेको समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगर, राजेश पायल राईको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छन। प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्।
उनी नेपालको वर्तमान सङ्गीतक क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक विधाबाट अवार्ड प्राप्त गरेका छन्। उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ।
कार्यक्रमको विवरण:
मितिः सेप्टेम्बर ३० तारिक २०२२
शुक्रबार स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजे
आयोजक : नेपाल कुवेत सरोकार
September 29, 2022 3:18 am | मनोरञ्जन,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।