भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन
3 years अगाडी
manoj Thapa
दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।
भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक बन्द भएकाे छ । उज्यालो
October 9, 2022 5:10 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
Loading...