Monday 6th May 2024

पूर्व–पश्चिम राजमार्ग : दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन

1 year अगाडी

दाङ – सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडक खण्डसम्म सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले भाेलि मङ्गलवारदेखि लागू हुने गरि १५ दिने सूचना निकालेर राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको हो ।

दाङ सडक खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बाँया ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिइएकाे सूचनामा उल्लेख छ । याे सूचनालाई बेवास्ता गरेर निर्धारित मितिभित्र अनधिकृत संरचना नहटाएमा कार्यालयले आफैँ हटाउने जनाइएकाे छ । साथै संरचना हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहाेर्नुपर्ने सूचनामा उल्लेख छ ।

राजमार्गको दाङ खण्ड झन्डै ७७ किलोमिटर रहेको छ । कार्यालयले त्यही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनका लागि अनुरोध गरेको छ ।

लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उज्यालो

          December 5, 2022 7:24 pm | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...