लामाे दुरीका गाडीमा २ जना चालक नराख्ने ४१ वटा गाडीका चालकलाई कारबाही
काठमाण्डाै – लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालक नराख्ने ४१ वटा गाडीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाण्डौको नागढुङ्गामा एपमार्फत जाँच गर्दा दुई जना चालक फेरबदल नभएको पाइएपछि कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टका अनुसार ट्राफिक कम्युनिकेशन एप्लिकेशनमा सुरुको गन्तव्यमै गाडी चालकको फोटो, लाइसेन्स नम्बर र गाडीको नम्बर अपलोड गरेपछि नागढुङ्गासहित १५ वटा ठाउँमा रहेका जाँच केन्द्रमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको थाहा हुन्छ ।
२०७५ सालको जेठ २ गतेदेखि सुरु भएको यो जाँच केही समय रोकिएकोमा गएको असोज २ गतेदेखि फेरि सुरु भएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नुपर्ने व्यवस्थाअन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाह सार्वजनिक गाडीमा कम्तीमा दुई जना चालक अनिवार्यरूपमा राखि प्रत्येक छ घण्टापछि पालैपालोसँग गाडी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा गाडी धनीको हुनेछ भनिएको छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्यरूपले लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालकको व्यवस्था गर्न/गराउन सबैको दायित्व हुने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयाे । उज्यालो
December 16, 2022 1:44 am | रोचक,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी