Friday 3rd May 2024

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मंगाफको मेमोरिस हलमा १७ मार्चमा हुने

1 year अगाडी

कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव माङ्गाफस्थित मेमोरिस हलमा १७ मार्चमा हुने भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव साथमा विविध सांस्कृतिक कार्यक्रम मङ्गाफस्थित मेमोरिस हलमा गर्न लागिएको महासचिब तेजिद्र श्रेष्ठले जानकारी दिए । म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो । ‘प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको लागि मोना कुवेतले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति : १७ मार्च २०२३ ( शुक्रवार )
समय : दिनको ठिक १२ बजे
स्थान : मङ्गाफ, मेमोरिस हल, कुवेत

          March 9, 2023 6:01 pm | लोकप्रिय,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...