उपचुनावको लागि आज उम्मेदवारी दर्ता
काठमाण्डाै – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता विपरीतका ब्यानर, चिह्न र झण्डा लिएर पनि जान पाइँदैन ।
उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड पनि प्रयोग गर्न नपाइने आयोगले जनाएको छ । चुनावमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ ।
मंसिर ४ गतेको चुनावमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपचुनाव हुन लागेको हो ।
उपचुनावका लागि अस्ति शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य दलहरुले उम्मेदवार पनि तय गरिसकेका छन्।उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी