 
						 
लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै
 
 काठमाण्डाै – लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ । बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुँदैछ । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यसअघि एमालेका लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमवार ढलेको थियो।
यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि शपथ लिँदै हुनुहुन्छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आज मुख्यमन्त्रीको शपथसँगै दुवै प्रदेशमा केही मन्त्रीले पनि शपथ लिने तयारी छ। उज्यालो
April 28, 2023 1:01 pm | राजनीति 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
