

प्रधानमन्त्री प्रचण्डलाई ओलीकाे चुनाैती– ‘दाेषीविरुद्ध उभिने हिम्मत देखाउनुस्, एमालेविरुद्ध हाेइन’

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौती दिनुभएको छ ।
सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम पूर्ण बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड त्याे प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरू कोही पनि नछुटून्’ भनेर भन्नुपरेको जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्रीले त्याे प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उहाँको स्पष्टीकरण थियो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री भ्रष्टहरूलाई जोगाउने र निर्दाेषहरूलाई अनावश्यक ढङ्गले मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यस कारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु– निर्दोषलाई फसाउने कोसिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किऊन् । छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्याे । प्रतिपक्षको विरुद्ध होइन, दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस् त ? म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु– दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन । म तपाईँहरूलाई आश्वास्त पार्न चाहन्छु– हाम्रो पार्टीले कसैको दोष, अपराधको ढाकछोप गर्दैन र कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।’
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रूपमा चित्रण गर्नुभयो । तितेपातीकाे उदाहरण प्रस्तुत गर्दै उहाँले त्याे पार्टीको आयु बढीमा चार महिनाको रहेको पनि जिकिर गर्नुभयाे । एमाले सबैभन्दा पुरानो र नयाँ पार्टी भएको उहाँकाे दाबी थियाे ।
अध्यक्ष ओलीले देश बनाउने ‘भिजन’ विनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क पनि गर्नुभयाे । उज्यालो
May 9, 2023 1:53 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

