एनाआरएन एनसीसी कुवेतको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुर्न रणध्वज लामा
कुवेत – गैरआवासीय नेपाली संघ , राष्ट्रीय समन्वय परिषद कुवेतको अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ। आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ ।कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो।

रणध्वल लामाको सभापतित्वमा, नेपाली राजदूतावासकी कार्यवाहक राजदूत तथा काउन्सिलर सुजनी रानाको प्रमुख आतिथ्यता एवं गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष आर.के.शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपुर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता एवं एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन के.सी पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतस्थित नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता एवं पञ्जिकृत सदस्यता लिएका एनआरएनएका सदस्य पंजिकृत सदस्य लिएका एनआरएनका सदस्यहरूको न्यून उपस्थिति आठौं महाधिवेशनमा थियो। महाधिवेशनमा उपस्थित हुनुभएका र बोल्ने क्रममा आफ्नो मन्तव्य राखेका अतिथिहरुले श्रमिकको हक हितको बारेमा त व्याख्या निकै गरे तर कार्यान्वयन हुनु जरुरी छ।साभार हिमाली सं न्चार
एनआरएनए एनसीसी कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनबाट २०२३/२०२५ काे लागि निर्वाचित कार्यसमिति
आइसीसी सदस्य हरि लावती
अध्यक्ष रणध्वज लामा
वरिष्ठ उपाध्यक्ष मान बहादुर तामाङ
वरिष्ठ उपाध्यक्ष होम नाथ गिरि
उपाध्यक्ष रमिता तामाङ (महिला उपाध्यक्ष)
उपाध्यक्षनिरन्जन सिंह ठकुरी
उपाध्यक्ष दामोदर बटाला
उपाध्यक्ष मोहन राई
उपाध्यक्ष बिकास बहादुर सिंह
महासचिव मनिश के.सी.
सचिव बिजय धामी
सचिव मन कुमार राई
कोषाध्यक्ष सोनाम लामा
सह कोषाध्यक्ष जिवन निरौला
युवा संयोजक आङ नोर्बु शेर्पा
महिला संयोजक सजिना गुरुङ
युवा सह संयोजक छेनाम तामाङ
महिला सह संयोजक माया देवी राई पाण्डे
सदस्यहरु
सुर्य कुमार लामा
दुर्गा कुमारी ओली
रुपक थापा मोहम्मद आलमगिर अन्सारी
राजु पुन मगर
राजु धिमाल
प्रकाश राई
उमेश राई
सुब्बा फ्युबा तामाङ
सुरज राई
पेमा दोर्जे लामा
अशोक साह सोनार
चित्र बहादुर थापा
लाल बहादुर सुनुवार
July 22, 2023 4:29 pm | Uncategorized,समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो