सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण
दाङ – किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयको ‘एक वडा एक पोखरी’ कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भइ पानीको श्रोत बढेको र वर्षातको पानी पनि सङ्कलन हुँदा स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।
स्थानीय नागरिककाे सहभागितामा पाेखरी निर्माण गरिएकाले धेरै लगानी नलागेकाे केसीले जानकारी दिनुभयो । उज्यालो
July 24, 2023 5:48 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो